प्रतिनिधि सभामा देखिँदै आएको गतिरोध अन्त्यका लागि प्रमुख तीन दल नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच सहमति भएको छ । यी दलबिच दुई बुंदे सहमति भएको हो ।
यो प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सहयोग गर्ने र अध्यागमन कार्यालयमा विगतदेखि देखिएका समस्याहरूलाई अध्ययन छानबिन गर्ने कुरा उल्लेख छ। अध्यागमनमा देखिएका नीतिगत, संरचनागत र कानुनी समस्याहरूलाई अध्ययन छानबिन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गर्ने कुरा सहमतिको बुँदामा समावेश भएको बुझिएको छ।