भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा परेकामध्ये २ सय ४ जनाको शव भेटिएको छ । ४१ जनाको अस्पतालमा उपचार भइरहेको बिबिसी हिन्दीले जनाएको छ । यो जहाजमा १० जना चालक दलका र १ सय ३२ जना यात्रु सवार थिए । जहाज बेलायतका लागि उडेको थियो । उडान सुरु भएको २ मिनेटमै जहाज खसेको थियो ।
जहाज चिकित्सकहरु बस्ने घरमा खसेको थियो । जहाज खस्दा जमिनमा रहेका झण्डै १५ जनाको पनि ज्यान गएको प्रारंभीक अनुमान भारत प्रहरीले गरेको छ । दुर्घटनास्थलमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित साहसमेत जाँदैछन् ।