इजरेलले इरानमाथि गरेको आक्रमणमा मारिएका इरानी उच्च अधिकारीहरुको विवरण प्राप्त भएको छ ।
इरानी सरकारी सञ्चार माध्यमले मारिएका पुष्टि गरेका नामहरूमा होसेन सलामीः इस्लामिक रिभोलुशनरी गार्डस्का कमाण्डर इन चीफ, घोलामली रशिदः खतम अल अन्बिया केन्द्ख्याकेन्द्रीय कार्यालयका कमाण्डर, फेरेडुन अब्बासीः परमाणु वैज्ञानिक तथा इरानको परमाणु उर्जा संगठनका भूतपूर्व प्रमुख, मोहम्मद महदी तेहरानचीः इरानको परमाणु अस्त्र कार्यक्रममा संलग्न अर्का परमाणु वैज्ञानिक र मोहम्मद बघेरीः इरानको सशस्त्र सेनाको चीफ अफ स्टाफ रहेका छन् ।
इरानले सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईका वरिष्ठ सल्लाहकार अली शामखानी गम्भीर घाइते भएको उल्लेख गरेको छ ।