Advertisement GIF
कल्पवृक्ष
असार १ आइतबार, ९:३८ अपराह्न
बबरमहल र मीनभवनमा बन्ने भए आकाशे पुल

सडकपार गर्न समस्या भइरहेका राजधानीका बबरमहल र मीनभवनमा आकाशे पुल निर्माण गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/0८३ मा आकाशे पुल निर्माण गर्न ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । जसमा बबरमहलमा साढे २ करोड र मीनभवनमा ४ करोड रुपैयाँ खर्च गरिनेछ ।

 

अहिले यी स्थानमा आकाशे पुल नभएर जेब्राक्रसबाट बाटो काट्नुपर्छ । जसले पैदलयात्री र सवारी चालकलाई समस्या पर्दै आएको छ ।