Advertisement GIF
कल्पवृक्ष
जेष्ठ ३० शुक्रबार, ७:०९ अपराह्न
अहमदाबाद जेट विमान दुर्घटना : भूमि चौहान जो जहाज छुटेर बचिन्

भारत माइती भएकी र बेलायतका लागि जहाजको टिकट काटेर उडान भर्न विमानस्थलतर्फ जाँदा सडक जाम भएर समयमै नपुग्दा जहाज छुटाएकी भूमि चौहान (३०) लाई ट्राफिक जामका कारण जहाज छुट्नु बरदान भएको छ । अहमदाबादमा ट्रफिक जामका कारण ५ मिनेट ढिलो एयरपोर्ट पुग्दा समय घर्केको भन्दै उनलाई उडान भर्न दिइएन । जसकै कारण उनी बच्न सफल भएकी हुन् ।

यो बोइङ ७८७– ८ विमान दुर्घटनामा २ सय ४१ जना जहाजमा रहेका र जमिनमा रहेका ८ जनासमेत २ सय ४९ जनाको मृत्यु भइसकेको छ । अन्य केहीको पनि मृत्यु भएको अनुमान भारतीय प्रहरीले गरेको छ । जहाजमा रहेका २ सय ४२ जनामध्ये एक जनामात्र बेलायती नागरिक विश्वासकुमार रमेश बाँच्न सफल भएका छन् । उनले मिडियासँग भनेका छन्, ‘टेकअफ भएको ३० सेकेन्डमै ठूलो आवाज आयो अनि प्लेन क्र्यास भयो । सबै कुरा अत्यन्तै छिटो भयो ।’