Advertisement GIF
राजधानीबाट चितवन जाँदै गरेको माइक्रो दुर्घटना : १९ जना घाइते

राजधानी काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो बस दुर्घटनामा परेको छ । बा३ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनाहुँदा १९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि ल्याइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एसपी बोहराले जानकारी दिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।