इसराइलले गत शुक्रबार गरेको इरानमाथिको हमलापछि प्रत्युत्तरमा इरानले दोस्रो चरणको आक्रमण सुृरु गरेको छ । यो इसराइलको हमलामा इरानका सैनिक प्रमु्खदेखि उच्च अधिकारी करिव २० जनासमेत ७८ जनाको मृत्यु भएको छ भने ३ सय ५० जनाबढी घाइते भएका छन् । इसराइलले शुक्रबार बिहान इरानका एक सय भन्दा बढी लक्ष्यहरूलाई निशाना बनाएर भीषण हमला गरेपछि इरानले पनि जबाफी हमला गरेको हो। शुत्राबार रातिदेखि इसराइलको राजधानी तेल अभिभ, जेरूसलेम, रमात गानलगायतका सहरलाई लक्ष्य गरेर क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसलाई इरानले इसराइलमाथि गरेको जबाफी हमलाको दोस्रो चरण भनिएको छ। पहिलो चरणको हमला इरानले शुक्रबार बिहानै गरेको थियो। इसराइलले दुई सय लडाकू विमानसहित अरू हवाई हतियार प्रयोग गरी इरानमा ठूलो भौतिक र मानवीय क्षति हुनेगरी हमला गरेको थियो।
इरानको हमलामा इसरायलमा ३ जनाको मृत्यु भएको छ भने तीन दरजनबढी घाइते भएका छन् ।