Advertisement GIF
कल्पवृक्ष
जेष्ठ ३१ शनिबार, ६:५३ अपराह्न
सुरजकुमार दुरा संसद सचिवालय सचिव

संघीय संसदको सचिवालय सचिव सुरजकुमार दुरा बनेका छन् । सभामुखको देवराज घिमिरेको अध्यक्षतामा शनिबार बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले दुरालाई सचिवालय सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोकसेवा आयोगको अध्यक्षतामा रहेको बढुवा समितिले दुई दिनअघि दुरासहित मनोजकुमार गिरी र हृदयराम महर्जनलाई बढुवा गर्न सिफारिस गरेको थियो । सचिवालय सचिव सुदर्शन खड्काले राजीनामा दिएसँगै संसद् सचिवालयमा एक सचिवालय सचिव पद रिक्त थियो ।

कैलालीको धनगढी उपमहानगरपालिका– १ , शान्तिनगरमा २०२७ साल माघ ७ गते बुवा गणेशबहादुर र आमा यमुनादेवीको कोखबाट जन्मिएका दुरा २०४६ साल फागुन १९ गते निजामती सेवामा प्रवेश गरेका थिए । २०५२ सालदेखि उनी संघीय संसदमा कार्यरत छन् ।