Advertisement GIF
कल्पवृक्ष
जेष्ठ ३१ शनिबार, ७:०३ अपराह्न
यस्तो छ, आगामी २४ घण्टामा मौसमको अवस्था

शनिवार (आज) राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको केही स्थान, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशको एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशको एक÷ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू– भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएकोछ।

आइतवार (भोलि) दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थान मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू– भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।