Advertisement GIF
छ लाखको स्वीकारोक्ति सिद्धि पुरस्कार वैरागी काइँलालाई

नेदरल्याण्डको द हेगमा भएको जीवीएलओको छैठौं विश्व सम्मेलनले कवि वैरागी काइँलालाई ६ लाख रुपैयाँ राशिको पुरस्कार घोषणा गरेको छ । सम्मेलनमा विभिन्न देशका प्रतिनिधिहरू सहभागी भए र नेपाली मूलका साहित्यकारलाई सम्मान गरियो।

पुरस्कार सन् २०२२ मा नेपाली मूलका भारतीय साहित्यकार लीलबहादुर क्षेत्रीलाई पनि प्रदान गरिएको थियो। नेपाली मूलका भुटानी साहित्यकारहरुको संस्था ‘ग्लोबल भुटनिज लिटरेरी अर्गनाइजेसन्स’ अर्थात् जीवीएलओको तीन दिने सम्मेलनले उनलाई ६ लाख राशीको स्वीकारोक्ति सिध्दि पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

पुरस्कारको घोषणा स्वीकारोक्ति अभियानका डेन्जोम साम्पाङले गरेका हुन् । यो पुरस्कार सन् २०२२ मा पहिलोपल्ट नेपाली मूलका भारतीय साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरिएको थियो । नेदरल्याण्डको द हेगमा जीविएलओको छैठौं विश्व सम्मेलन चलिरहेको छ । सो सम्मेलनको उद्घाटन प्रमुख अतिथि नेदरल्याण्डका लागि नेपाली राजदूत सेवा लम्सालले गरेकी थिइन् ।