Advertisement GIF
कल्पवृक्ष
असार १ आइतबार, ९:३२ अपराह्न
भारतमा भएको जेट विमान दुर्घटना : २७५ जनाको मृत्यु

भारतको अहमदावादमा भएको जेट विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ७५ जना पुगेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार हालसम्म दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७५ पुगेको हो । सिभिल अस्पतालमा २ ुसय ७० भन्दा बढी शवको पोस्टमार्टम गरिएको छ। यसबाहेक २ सय ४१ जनाको डीएनए नमुना लिइएको छ भने ७ वटा शवको पहिचान भइसकेको छ।

मृत्यु हुनेमा विमानमा सवार २ सय ४१ जना रहेका छन् । विमानमा २ सय ४२ जना रहेकोमा एक जना यात्रु मात्र बाँचेका छन् । त्यस्तै बीजे मेडिकल कलेज होस्टेलमा ३१ जनाको मृत्यु भएको छ । यसमा ५ जना डाक्टर, अन्य कर्मचारी र उपस्थित अन्य रहेका छन् ।