भारतको उत्तराखण्डको केदारनाथ धाममा भएको हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु भएको छ । चालक दलसहित हेलिकोप्टरमा सवार सबै ७ जनाको मृत्यु भएको हो।
दुर्घटना गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै भएको थियो, खराब मौसमका कारण दुर्घटना भएको अनुमान छ। दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको थियो र देहरादूनबाट केदारनाथ जाँदै थियो।