Advertisement GIF
कल्पवृक्ष
असार १ आइतबार, ९:३२ अपराह्न
सहकारी ठगी : रास्वपा सभापति रविसहित २९ जनालाई मुद्दा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविशरण लामिछानेसमेत २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ । उनीहरुलाई वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप लगाइएकोछ।

प्रहरीले अनुसन्धानपछि सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको र अभियोगपत्र दर्ता भएको हो । प्रहरीले अनुसन्धान सकेर करिब १ महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो । त्यसै आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।