Advertisement GIF
बुढानीलकण्ठमा दुई जना मृत : हत्यापछि आत्महत्याको अनुमान

काठमाडौंको बुढानीलकण्ठमा दुईजना मृत भेटिएका छन् । धादिङको गल्छी गाउँपालिका– ६ घर भएकी २८ वर्षीया अन्जना तामाङ र भारतको पञ्जाब चन्डिगढका ५४ वर्षीय परमनारायण गिल मृत फेला परेका हुन् ।

बुढानीलकण्ठ नगरपालिका– ४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउण्डभित्र रहेको साढे दुईतले घरभित्र पुरूष, महिला र एउटा कुकुर मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले जानकारी दिए।

अन्जना धादिङको गल्छी गाउँपालिका(६ घर भई हाल सोही घरमा काम गर्दै आएकी थिइन् । प्रहरीका अनुसार गिलले तामाङको हत्या गरेर आफूले बिष सेवन गर्दै आत्महत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । घटनास्थलमा तीन बोतल विषादिका बट्टा पनि भेटिएका छन् ।