सुनसरी र झापा जिल्लामा दुईवटा हात्ती मृत भेटिएका छन् ।
सोमवार बिहान (आज) सुनसरीको बराहक्षेत्र नगरपालिका– २ मा जंगली हात्ती मृत अवस्थामा फेला परेको हो । कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा करिव ७ वर्ष उमेरको भाले हात्ती मृत अवस्थामा भेटिएको हो ।
यस्तै झापाको मेचिनगरमा पनि हात्ती मृत फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका– १ गणेश टोलमा रहेको मकैबारीमा बयस्क पोथी हात्ती मृत भेटिएको छ । दुवै हात्तीको मृत्युको कारण खुलेको छैन । हात्तीको मृत्युको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।