पूर्व– पश्चिम राजमार्गअन्तर्गत पर्ने विनयी खोलामा बनाएको डाइभर्सन बाढीले पुनः बगाएको छ । हिजो (मंगलवार) बनाएको डाइभर्सन गएरातिदेखि परेको पानीसँगै आएको बाढीले बगाएको हो । यसले पूर्व– पश्चिम राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ । स
डक कार्यालयका ईन्जिनियरसहितको टोली सडक खुलाउन प्रयासरत रहेका छन् । आज नै (बुधवार) डाइभर्सन बनाएर सवारी आवागमन सुचारु गर्ने बताइन्छ ।