Advertisement GIF
कल्पवृक्ष
असार ४ बुधबार, ८:५६ पूर्वाह्न
पाँचथरमा पूरा भयो जारी– २ को छायाङ्कन

जारी चलचित्रको दोस्रो भाग जारी– २ को पाँचथर जिल्लाका विभिन्न स्थानमा छायाकन गर्दै पूरा भएको छ । उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रको ३६ दिनमा छायाङ्कन पूरा भएको हो । यो चलचित्र गत वैशाख २९ गते शुभमुहूर्त गर्दै सुटिङ थालिएको थियो । जिल्लाका आङसराङ, सिलौटी, पौवाभञ्ज्याङ, साधुटार, लिगिम्बासमेतका स्थानमा छायाङ्कन गरिएको हो ।

यो चलचित्रमा अभिनेता दयाहाङ राई, विजय बराल, अभिनेत्री मिरुना मगर, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ । जारीको पहिलो भागले नेपाली चलचित्रको बक्स अफिसमा १७ करोड रुपैयाँ कमाएको थियो । जारी– २ आगामी दशैंमा प्रदर्शनमा आउने तयारी छ । चलचित्र निर्माणमा रामबाबु गुरुङले लगानी गरेका छन् ।