नेपाल प्रहरीको साइबर ब्युरोले पत्रकार दिलभूषण पाठकलाई उपस्थित हुन सूचना जारी गरेको छ । साइबर ब्युरोले अनुसन्धानका लागि उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो ।
ब्युरोले काठमाडौं जिल्ला अदालतबाट २७ जेठमा पाठकविरुद्ध पक्राउ पुर्जी लिएको थियो । त्यसविरुद्ध पाठक उच्च अदालत पुगेका थिए । सोमबार न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
अदालतको यस्तो आदेशपछि प्रहरीले उनलाई नपक्रेर उपस्थित हुन भनेको हो । काङ्ेस सभापति शेरवहादुर देउवा, पत्नी परराष्ट्रमन्त्री डा आरजु राणासमेतको ईच्छाअनुसार पत्रकार पाठकविरुद्ध ब्युरोमा उजुरी परेको बताइन्छ । पत्रकार पाठकले काङ्ग्रेस सभापति देउवाका छोरा जयवीर देउवाले काठमाडौंस्थित हिलटन होटलमा लगानी गरेको भनी सामग्री सार्वजनिक गरेका थिए । यही विषयमा पाठकविरुद्ध उजुरी परेको हो ।