Advertisement GIF
कल्पवृक्ष
असार ४ बुधबार, ६:४९ अपराह्न
उच्च अदालतले भन्यो राजु पाण्डेलाई निलम्बन नगर्नू

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन नगर्न अन्तरिम आदेश दिएको छ । आज (बुधवार) न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गत जेठ २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए । त्यसविरुद्ध पाण्डेले उच्चमा चुनौती दिएका थिए ।