काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको आयोजना तथा नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सी (नारा) को सहकार्यमा काठमाडौं उपत्यकामा घट्ने विपद्का घटनाहरुमा उद्धार र खोजीका लागि दक्ष जनशक्ति तयार गर्न अनुशिक्षण सञ्चालन गरिएको हो ।
यस वर्षको मनसुन सुरु भइसकेको र निकट भविष्यमा नै मनसुनजन्य घटना सुरु हुन लागेकोले विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, शीप तथा कौशलमा अभिवृद्धि गर्न कार्यालय तथा मातहतसमेतका प्रहरी कर्मचारीहरुलाई नाराका प्रशिक्षकहरुद्वारा काठमाडौ महानगरपालिकास्थित रानीपोखरीमा ‘विपद्सम्बन्धी अनुशिक्षण अभ्यास कार्यक्रम गरिएको कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकवहादुर तामाङले बताउनु भयो ।
अनुशिक्षणमा ४ सय ८७ जना प्रहरी कर्मचारी सहभागी भएका थिए । प्रहरी कर्मचारीलाई विपद्सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य लिएर गत जेठ २९ गतेदेखि ७ दिनसम्म यो अभ्यास गरिएको प्रहरीले जनाएको छ ।