राजधानी काठमाडौं प्रहरीलाई विपद्मा उद्धार गर्न उद्धार सामाग्री प्राप्त भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकवहादुर तामाङलाई सिप्रदी ट्रेडिङ प्रालिले दुईसय थान लाईफ ज्याकेट उपलब्ध गराएको हो ।
काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् बाढी तथा डुबानबाट प्रभावित भएर भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको अवस्थामा उक्त क्षति न्यूनीकरणका लागि विपद् उद्दार सामाग्रीको अभाव थियो । जसमध्ये लाईफ ज्याकेटलाई महत्वपूर्ण उद्दार सामाग्री मानिन्छ । जसले उद्दार कार्यलाई सहजमात्र नबनाएर जल उत्पन्न प्रकोपको अवस्थामा सुरक्षितसमेत गराउन मद्दत गर्दछ । यस विषयलाई मध्यनजर गर्दै सिप्रदीले प्रहरीलाई ज्याकेट उपलब्ध गराएको एआईजी तामाङले बताउनु भयो ।