Advertisement GIF
प्रहरीका एआईजी तामाङको ‘ट्याम्के मैयुँ’ गीतको म्युजिक भिडियो सार्वजनिक

नेपाली साहित्यका विविध पाटोमा कलम चलाउँदै आउनु भएका सफल गीतकार तथा उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकवहादुर तामाङको सिर्जनामा बनेको ‘ट्याम्के मैयुँ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौं आधुनिक, लोक, राष्ट्रिय गीतदेखि धार्मिक भजनसमेत रचना गर्नु भएका प्रहरी उच्च अधिकारी तामाङको प्रकृति प्रेमको भाव यो गीतमा भेटिन्छ ।

 

 प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकवहादुर तामाङ 

‘कहिले गुराँश, कहिले हिँउले ढाक्छ नि ट्याम्के मैयुँ लै,
मायालु ज्यानको रुपजस्तो मोह लाग्छ नि सबैलाई ।’

प्रकृति र संस्कृतिको अलौकिक भण्डार उपमा चिनिने भोजपुर जिल्लाप्रति गीतका शब्दले वर्णन गरेका छन् । यो गीतमा तामाङको रचनामा श्वर भीषण मुकारुङ र सिर्जना तामाङको रहेको छ । संगित भने युबराज गुरुङले भरेका छन् । यो म्युजिक भिडियोमा मोडलिङ सनम कठायत र अम्बिका तामाङले गरेका हुन् । म्युजिक भिडियोको निर्देशन आयुश साहीले गरेका छन् ।

एआईजी तामाङले गीत, भजनसमेतका केही पुस्तक पनि प्रकाशित गरिसकनु भएको छ ।