Advertisement GIF
कल्पवृक्ष
असार ४ बुधबार, १०:०१ अपराह्न
त्रिभुवन विमानस्थलबाट एक किलोबढी सुन बरामद

प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १ किलो १ सय ५९ ग्राम सुन बरामद गरेको छ । भारतीय महिला सुन लिएर एयर अरेवियाको उडानबाट त्रिभूवन विमानस्थल आएकी हुन् । उनले मलद्वारमा लुकाएर उक्त सुन ल्याएकी थिइन् ।

सुन ल्याउने महिला भारतीय नागरिक ५३ वर्षीय मीना सुरजितसिंह खेमानी रहेकी छन् । एयर अरेवियाको उडानद्वारा शारजाहबाट काठमाडौं आएकी खेमानी विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट करिब एक किलो १ सय ५९ ग्राम तौलको सुन जस्तो देखिने पदार्थसहित पक्राउ परेकी प्रहरीले जनाएको छ ।