उदयपुरमा दुईजनाको शव शंकास्पद रुपमा फेला परेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका– ४ ,अमलचौरीमा एक युवा र एक बालिका मृत भेटिएका हुन् । स्थानीय २७ वर्षीय रविन्द्र राई र १४ वर्षीया मन्जु राई मृत भेटिएको प्रहरीले जनाएको छ ।
मन्जुको शव गाउँको बाटोमा र रविन्द्रको त्यहाँबाट करिब २ सय मिटर पर आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । यो घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।