चीनले गरेको परीक्षणमा देशको दैलेख जिल्लामा १ सय १२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भीक अनुसन्धानले देखाएको छ । यो ग्यासले नेपाललाई करिव ६० वर्षसम्म पुग्नेछ । दैलेखको भैरवी गाउँपालिका– १ जलजलेमा १ सय १२ दशमलव १ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको देखिएको हो ।
सन् २०१९ देखि चीनको जिओलोजिकल सर्भेले अध्ययन गर्दै आएको थियो । यो अध्यनमा करिव करिब २ अर्ब १७ करोड रुपैयाँ खर्च भएको छ । प्रारम्भिक अध्ययनले वातावरणमैत्री ठूलो मात्रामा प्राकृतिक ग्यास भेटिएको खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक तथा प्रवक्ता दिनेशकुमार नापितले जानकारी दिए । यो ग्यास मिथेन हो । मिथेन ग्यासलाई वातावारणमैत्री मानिन्छ । यो ग्यासको उत्खनन् भ एलपि ग्यासलाई विस्थापन गर्न सकिन्छ ।
गाडी कुदाउनदेखि बत्ति बाल्नसम्म यो ग्यास प्रयोगमा आउँछ । यो ग्यासको हालको बजार मूल्यमा १ सय १७ खर्ब रुपैयाँभन्दा बढी हुन आउँछ । ग्यास उत्खनन्का लागि परीक्षण गर्दा ४ हजार १३ मिटर गहिरोबाट नमुना संकलन गरिएको छ ।