Advertisement GIF
कल्पवृक्ष
असार ५ बिहीबार, ५:४७ अपराह्न
दुई न्यायाधीशमाथि छानबिन गर्न समिति

न्यायपरिषद्ले उच्च अदालत न्यायाधीश डा खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन गरेको छ । परिषद् बैठकले सर्वोच्च अदालतका न्यायाधीश विनोदकुमार शर्माको एक सदस्यीय समिति गठन गरेको हो । अब उक्त समितिले न्यायपरिषद्मा परेका उजुरीमाथि छानबिन गर्नेछ । कांग्रेस पूर्वसांसद मोहम्म्द आफताब आलमलाई ज्यान मुद्दाबाट उन्मुक्ति दिएका थिए ।

न्यायपरिषद् ऐनको दफा १८ मा जिल्ला वा उच्च अदालतका न्यायाधीशमाथि छानबिन गर्दा न्यायपरिषद्का सदस्य वा सर्वोच्च अदालतका कुनै न्यायाधीशको समिति गठन गर्ने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार समिति गठन भएको हो ।