Advertisement GIF
कल्पवृक्ष
असार ५ बिहीबार, ६:०० अपराह्न
माधव नेपालका उपमहासचिव मेटमणि चौधरीविरूद्ध उजुरी

नेकपा एमालेबाट फुटाएर माधवकुमार नेपालले बनाएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा सांसद मेटमणि चौधरीविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा चेक अदानर उजुरी परेको छ । हुलाकमार्फत चेक अनादर कसुरमा जाहेरी परेको कार्यालय प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

प्रहरी स्रोतअनुसार चौधरीविरूद्ध एभेरेस्ट बैंकको ५ करोड ४० लाख रुपैयाँको चेक अनादरको जाहेरी परेको हो । उनीविरूद्ध रोल्पाका ठेकेदार धात बुढामगरले जाहेरी दिएका हुन् ।