कैलालीको कारागारमा कैद सजायँ भूक्तान गरिरहेका एक कैदीको कुटपिटबाट मृत्यु भएको प्रकरणमा प्रहरीका एक जना नायव निरीक्षक (सई) पक्राउ परेका छन् ।
कैलाली कारागारमा डडेल्धुराको भागेश्वर गाउँपालिकाका २८ वर्षीय हरिसिंह पालीको कुटपिटबाट मृत्यु भएको घटनाको अनुसन्धानका लागि सई हरजीत नाथ पक्राउ परेका हुन् ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले नाथविरुद्व किटानी जाहेरी आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएर हिरासतमा राखिएको जानकारी दिए । पाली बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले २९ फागुन २०८० मा १० दिन कैद र दुई लाख जरिवाना हुने फैसला गरेको थियो ।त्यही कैद सजायँ भूक्तान गर्न उनी कारागारमा रहेको समयमा सई नाथ र उनको टिमले कुटपिट गरेर बेहोस बनाएको र उपचारको क्रममा पालीको मृत्यु भएको परिवारको दावी छ ।