प्रतिनिधि सभाको बैठकबाट राप्रपासँगै रास्वपा पनि बाहिरिएको छ । आज (शुक्रवार) प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरु आ–आफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए ।
सभामुख देवराज घिमिरेले बस्न आग्रह गर्दा नमानेका उनीहरु संसद बैठक छोडेर बाहिरिएका छन् । यसअघि भने राप्रपा संसदलाई बहिस्कार गर्दै बाहिरिँदा रास्वपा भने संसदको बेलअघि उभिएर, बसेर र पुस्तक पढेर बिरोध गर्दै आएका थिए ।