नुवाकोट गल्छी– त्रिशूली सडकखण्डमा बिहीवार भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ट्रक र मोटरसाईक ठक्कर खाएर भएको दुर्घटनामा तारकेश्वर गाउँपालिका– ३ का ४५ वर्षिय शंकरमान श्रेष्ठको मृत्यु भएको हो ।
बेलकोटगढी नगरपालिका– ७, कल्चेडीभिर स्थित गल्छी– त्रिशुली सडकखण्डमा गल्छीतर्फ जादै गरेको ना६ख १०६० नम्बरको ट्रक र सोही दिशातर्फ जाँदै गरेको बाप्र ०२–०२९प १६४२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक श्रेष्ठलाई उपचारको लागि अम्बे भरोसा अस्पताल गल्छी धादिङमा लगिएकोमा थप उपचारको लागि बि एण्ड बि अस्पताल ललितपुरमा रेफर गरिएको थियो ।
अस्पतालले श्रेष्ठलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । ट्रक चालक हेटौडा उमनपा– ८ का ४० वर्षिय दिपक मगर प्रहरी नियन्त्रणमा रहेको र घटनाको बिषयमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।