Advertisement GIF
कल्पवृक्ष
असार ६ शुक्रबार, १:२० अपराह्न
देशकै पहिलो : ग्वार्को ओभरपास आज (शुक्रवार) उदघाटन

ललितपुरको ग्वार्कोमा बनाइएको देशकै पहिलो ओभरपास आज (शुक्रवार) प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने भएकोछ । उद्घाटनपछि यो ओभरपासाबाट सवारी साधन गुड्न सुरु हुनेछ ।

२०७८ फागुनमा ठेक्का लागेको यो ओभरपासको लागत सुरुमा १४ करोड रुपैयाँ थियो । समयमा काम पूरा नभएपछि लागत बढेर अनुमानित ३१ करोड ४६ लाख ५१ हजार ४ सय ४० रुपैयाँ पुगेको छ । यो ओभरपासमा २० मिटर स्पानसहित ४ लेनको पुल निर्माण भएको छ ।

ओभरपासको लम्बाई ५ सय ७६ मिटर रहेको छ । यो ओभरपास निर्माणपछि ग्वार्काेमा जाम हट्ने छ भने कोटेश्वर र सातदोबाटोमा जाम बढ्ने देखिन्छ ।