नवलपरासीको विनयी खोलामा बाढीले बस बगाएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत दुम्किबासस्थित विनयी खोलामा बिहीबार राति आएको बाढीले यात्रुवाहक बस बगाएको हो । बसमा सवार २४ जनाको सकुशल उद्धार गरिएको छ ।
राति साढे ११ बजेतिर काठमाडौंबाट नेपालगञ्जका लागि छुटेको भे१ख ४०८५ नम्बरको यात्रुवाहक बस बाढीमा फसेको हो । यात्रुको उद्धारलगत्तै बाढीले बस भने बगाएको छ । करिव साढे २ घण्टाको प्रयासपछि यात्रुको उद्धार भएको र बसलाई भने बाढीले करिव ५ सय मिटर बगाएको छ । यहाँको दाउन्ने—दुम्किबास खण्डको सडक चिप्लो बनेको र पुल भत्किएको छ । निरन्तर डाइभर्सन बनाएर यातायात सञ्चालन गर्दै आएपनि डाइभर्जन नै बाढीले बगाइरहेको छ ।
प्रशासनले यो मार्ग प्रयोग नगर्न र विकल्पका सडकको प्रयोग गर्न सूचना नै जारी गरेको छ ।