Advertisement GIF
कल्पवृक्ष
असार ६ शुक्रबार, ७:४७ अपराह्न
धोबीखोला करिडोरमा खोला नाघेर सडकमा बाढी

राजधानीको धोबीखोला करिडोरमा खोलामा पानीको बहाव बढेर सडकमा बाढी पसेको छ । जसले यातायात सञ्चालन रोकिएको छ । निरन्तरको वर्षाले करिडोरका पुलमुनि रहेका गाडीहरु डुवाएको छ भने अन्यत्र सडकबाट पानी बगिरहेको छ । भौतिक क्षतिको विवरण प्राप्त नभएपनि मानवीय क्षति भने हालसम्म नभएको प्रहरीले जनाएको छ ।

करिडोरबाट सवारी साधनहरु चल्न नसकेपछि वैकल्पिक सडकको प्रयोग गर्दै गन्तव्यतर्फ जानेको संख्या उल्लेख्य देखिन्थ्यो । मैतिदेवी, अनामनगर, बिजुलीबजार, बबरमहल क्षेत्रमा खोलामा नअटेको बाढी दुवैतर्फका सडकबाट बगिरहेको छ ।