Advertisement GIF
कल्पवृक्ष
असार ६ शुक्रबार, ८:४१ अपराह्न
मोटरसाइकल र साइकल दुर्घटनामा तीन जनाको मृत्यु

सिरहको सिरहा नगरपालिका– १८ लक्ष्मीनियास्थित हुलाकी सडकमा शुक्रवार (आज) दिउँसो मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१००३प ३२३० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको साइकल एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार सिरहाको कल्याणपुर नगरपालिका– २ बेल्हाका २४ वर्षीय प्रदीप मुखिया, कल्याणपुर– १२ का २२ वर्षीय नरेश मुखिया र साइकलमा सवार सिरहा नगरपालिका–२ का ४५ वर्षीय कुसे राय छन् ।