Advertisement GIF
एआईजी खापुङको ‘सुवास बनेर आउनू तिमी’ गीतको म्युजिक भिडियो सार्वजनिक

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको नेतृत्व गरिरहनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङको सिर्जनामा ‘सुवास बनेर आउनू तिमी’ बोलको गीत म्युजिक भिडियोको रुपमा सार्वजनिक भएको छ ।

एआईजी खापुङको रचनालाई म्युजिक भिडियो बनाएर आज (शुक्रवार) सार्वजनिक गरिएको हो । यो भिडियोमा गाइका मेलिना राईले श्वर दिएकी छन् भने अभिनय प्रियङ्का कार्कीको रहेको छ ।

गीतमा संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् । भिडियोलाई सुनील क्षेत्रीले निर्देशन तथा छायाङ्कन अजय रेग्मीले गरेका हुन् । गज्जब टेलिभिजनबाट सार्वजनिक गरिएको यो भिडियोको सम्पादन सुप्रिम पराजुलीको छ । गीतमा एरेञ्ज उदयराज पौडेल र मिक्सिङ मास्टरिङ श्यामस्वयत रसाइलीको रहेको छ ।