Advertisement GIF
कल्पवृक्ष
असार ७ शनिबार, १२:०९ अपराह्न
विनयी खोलामा डाइभर्सन निर्माण नहुने

रुपन्देहीको बुटवल– नारायणगढ सडक खण्डमा पर्ने नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी खोलामा अब डाइभर्सन निर्माण नगरिने भएको छ । गत पुस २६ गते पहिलो पटक बनाएको डाइभर्सन बगाएपछि पुनः बनाउने र बाढीले बगाउने भइरहेको छ । जसका काराण अब भने डाइभर्सन नबनाउने भएको हो ।

गत बिहीबार राति विनयी खोलामा डाइभर्सनबाट जाँदै गरेको बस खोलाले बगाएपछि अब डाइभर्सन नबनाउने निचोडमा प्रशासन पुगेको छ । यो बसमा सवार २४ जनाको सकुशल उद्धार गरएको थियो भने बस ५ सय मिटर बगेको थियो । विनयी खोलाको पुल, डाइभर्सन बगाएपछि कष्टदायी यात्रा गर्न यात्रु वाध्य बन्दै आएका छन् । प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्ने यातायात सञ्चालकहरुसित आग्रह गरेको छ ।

यो खोलामा पुल नै अन्तिम विकल्प भएको र पुल बनेपछिमात्र सवारी चलाउन सकिने प्रशासनको निष्कर्ष छ ।