राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री र प्रवक्ताको जिम्मेवारी तोकेको छ । कार्यवाहक महामन्त्री रहेका कविन्द्र बुर्लाकोटी महामन्त्री बनेका छन् भने कार्यवाहक प्रवक्ता रहेका मनिष झालाई प्रवक्ता बनाइएको छ ।
पार्टी बैठकले बुर्लाकोटी र झालाई पूर्ण जिम्मेवारी दिएको हो । रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल बाहिरिएपछि यी दुवै पद कार्यवाहकका रुपमा चल्दै आएका थिए ।