Advertisement GIF
कल्पवृक्ष
असार ७ शनिबार, १२:२२ अपराह्न
चितवनमा बस र माइक्रो ठोक्किँए : सात जनाको मृत्यु

चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु भएको छ । यी यात्रुवहाक बस र मइक्रो राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा ठोक्किँदा सात जना यात्रुको मृत्यु र २० जना घाइते भएका छन् ।

धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १ को ०१– ००१ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३– ००१ज २९९ नम्बरको माइक्रो ठोक्किएका हुन् । घाइतेहरुको भरतपुरमा उपचार भइरहेको छ भने मृतकको पहिचान खुलिसकेको छैन । यो सडक खण्ड अहिले ठप्प छ । दुर्घटनामा परेका माइक्रो र बस सडकमै रहेकोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।