इजरेलले ईरानमाथि आक्रमण थालेको दुई सातापछि अमेरिका पनि ईरानमाथि युद्धमा होमिएको छ । ईरानका तीनवटा परमाणु केन्द्रमा अमेरिकाले हवाई आक्रमण गरेर युद्धको सुरुवात गरेको हो । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ईरानका फोर्दो, नताज र इस्फहानस्थित परमाणु केन्द्रमा अमेरिकाले आक्रमण गरेको छ ।
अमेरिका ईरानविरुद्ध उभिँदै आएको देश हो । इजरेलले ईरानमाथि युद्ध सुरु गरेपछि अमेरिकाले इजरेललाई सहयोग गरेको टिप्पणी हुन थालेका छन् ।
अमेरिकी आक्रमणबाट भइको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन । यो आक्रमणपछि मध्यपूर्वमा थप तनाव बढ्ने देखिन्छ ।