Advertisement GIF
कल्पवृक्ष
असार ८ आइतबार, १०:१९ पूर्वाह्न
एमालेको शिक्षक संगठन : अध्यक्षमा हंसबहादुर शाही निर्वाचित

नेकपा एमालेको भातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित भएका छन् । संगठनको १४ औं राष्ट्रिय सम्मेलनले शाहीलाई अध्यक्षमा निर्वाचित गरेको हो । निर्वाचनमा जंगबहादुर गर्बुजा, गोविन्द भण्डारी, अम्बिका चापागाईंसमेत निर्वाचित भएका छन् ।

कमिटीमा वरिष्ठ उपाध्यक्षमा जंगबहादुर गर्बुजा, उपाध्यक्षमा गोविन्द भण्डारी, महिला उपाध्यक्षमा अम्बिका चापागाईं निर्वाचित भएका छन् । संगठनको महासचिवमा प्रकाश खनाल, कोषाध्यक्षमा नरबहादुर रावल, उपमहासचिवमा श्रीराम दाहाल, खुला सचिवमा बामदेव सुवेदी, महिला सचिवमा बेणु काफ्ले निर्वाचित भएको संगठनले जनाएको छ ।