अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले र्इरानमाथि अमेरिकाले गरेको आक्रमण सफल भएको दाबी गरेका छन् । अमेरिकाले ईरानका तीन परमाणु केन्द्रमा आक्रमण गरेको थियो ।
राष्ट्रपति ट्रम्पले ईरानलाई मध्यपूर्वको ‘गुण्डा’ उपनाम दिँदै शान्तिको मार्ग रोज्न सुझाव पनि दिएका छन् । साथै उनले इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई बधाई दिँदै ‘हामीले एक टिमको रुपमा काम गर्यौं, सम्भवतः अहिलेसम्मकै उत्कृष्ट टिमवर्क ।’ भनेका छन् ।
ट्रम्पले भनेकाछन्,– ‘म संसारलाई जानकारी दिन चाहन्छु कि यी आक्रमणहरु सैन्य हिसाबले अत्यन्तै सफल भएका छन् ।’ अमेरिकाले ईरानमाथि गत राति (आइतबार बिहान) आक्रमण गरेको हो ।