ईरान र इजरेल युद्ध सुरुभएपछि ईरानमा रहेका ११ जना नेपालीलाई उद्धार गर्न लागिएको छ । सम्भवतः आज (आइतवार) उनीहरु ईरानबाट बाहिरिने छन् ।
इरानको राजधानी तेहरानमा रहेका नेपाली नागरिकमध्ये ११ जनाको उद्धारका लागि भारतीय दूतावासले प्रक्रिया अगाडि बढाएको हो । यी नेपालीलाई आज (आइतवार) बसबाट उद्धार गर्दै ईरानबाट बाहिर ल्याइने छ । यो उद्धारमा नेपाल, श्रीलंका, भारतका नागरिक समेटिने छन् ।
ईरानको कारागारमा रहेका ५ जना नेपालीलाई पनि प्रकृया पु¥याएर नेपाल ल्याउने तयारीमा नेपालको परराष्ट्र मन्त्रालय जुटेको बताइन्छ ।