कैलालीको गौरीगंगा नगरपालिका– ७ मा सुत्केरी भाउजुको हत्या प्रकरणको रहस्य खुलेको छ । स्थानीय कैलाशपुरमा गत शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी १९ वर्षीया तुलशी नाथको हत्या उनकै देवर नवीन नाथले गरेको स्वीकारेका छन् ।
देवर नवीनले भाउजू सुतिरहेको बेला सिरानीले मुख थिचेर हत्या गरेको र कानको सुन झिकेर घरनजिकै ढुङ्गामुनि लुकाएका थिए । तुलशी १६ दिनकी सुत्केरी थिइन् । उनी मृत भेटिए पनि नवजात शिशु भने सकुशल रहेका थिए ।