नेपालका प्रसिद्ध पर्वतारोही ज्याम्च्याङ भोटेले सगरमाथाको नवौं पटक सफल आरोहण गर्दै वातावरण संरक्षणमा नयाँ सन्देश दिनु भएको छ । २०८२ साल जेठ ५ गते सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै भोटेले ‘सिके रिसर्च एण्ड ग्रीनरी प्रोमोसन’ को ‘ग्रो द ग्रीनरी सेभ द अर्थ’ ब्यानर सार्वजनिक गर्नु भयो ।
यो ऐतिहासिक आरोहणमा उहाँले ‘सिके रिसर्च एण्ड ग्रीनरी प्रोमोसन’ को तर्फबाट ‘ग्रो द ग्रीनरी सेभ द अर्थ’ भन्ने पर्यावरणीय सन्देश समेटिएको झण्डा सगरमाथाको शिखरमा पुर्याएर वातावरण संरक्षणको सन्देश विश्वभर प्रवाह गर्नु भएकोछ । ‘वन पुनःस्थापना र हरियाली प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारालाई आत्मसात गर्दै उहाँले संसारभरिका आरोही तथा पर्यावरण प्रेमीहरूलाई हरित भविष्य निर्माणतर्फ प्रेरित गर्न सन्देशमूलक झण्डा फहराउनु भएको हो । वन, वातारण, प्राकृतिक सम्पदा तथा पर्यावरणको संरक्षण, संर्वद्धन गर्ने उदेश्यले स्थापना गरएको सीके रीसर्च एण्ड ग्रीनरी प्रमोसन प्रालीले स्थापनाकालबाट नै यस क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
सगरमाथामा झण्डा फहराउनाले जलवायु परिवर्तन, वनजंगलको संरक्षण र हरियाली प्रवर्द्धनका साथै जनचेतना अभिवृद्धिमा टेवा पुयाउने विश्वास प्रालिका अध्यक्ष छिन्डुम मेनक्पा भोटेले व्यक्त गर्नु भयो । नेपाल र विश्व पर्वतारोहण जगतमा ज्याम्च्याङ भोटे एक प्रतिष्ठित पर्वतारोहीका रूपमा परिचित हुनुहुन्छ । उहाँको यो उपलब्धिले नेपालको गौरव बढाउनुका साथै वातावरणीय चेतनाको क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गरेको विश्वास व्यक्त गरिएको छ ।
सिकेले देशमा हरियाली प्रवद्र्धन र ग्रामीण पर्यटनको क्षेत्रमा काम गर्दै आइरहेको छ ।