Advertisement GIF
कल्पवृक्ष
असार ८ आइतबार, ६:२२ अपराह्न
कालीगण्डकी करिडोर अवरुद्ध : यात्रुअरु अलपत्र

गुल्मीको कालीगण्डकी करिडोर सडक अझै अवरुद्ध छ । तीन दिनदेखि अवरुद्ध यो सडकमा फसेका गाडी र यात्रारत यात्रुहरु अलपत्र परिरहेका छन् ।

निरन्तरको पहिरोले अवरुद्ध सडक सुचारु गर्न समस्या भइरहेको छ । लगातार सडकमाथिबाट पहिरो खसिरहेकोले ३ वटा डोजर तयारी अवस्थामा राख्दा पनि सडक खुलाउन नसकिएको स्थानीय प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध बनेपछि कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत गाउँपालिका केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटबाट बुटवलसम्म जाने सवारीसाधन बीच बाटोमा अलपत्र परेका हुन् । सडक अवरुद्ध बनेपछि बैकल्पिक सडक प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।