नेपाली सेनाले बाँकेको नरैनापुर गाउँपालिका– २ लक्ष्मणपुर स्वास्थ्य चौकी परिसरमा निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सेनाको बाँकेस्थित बज्रदल गण र सैनिक अस्पताल नेपालगञ्जको आयोजना तथा अन्य सरोकारवाल निकाय तथा स्वास्थ्य संस्थाहरूको प्रत्यक्ष सहभागितामा सञ्चालित उक्त स्वास्थ्य शिविरमा महिला २ सय ५९, पुरुष २ सय २६ र बालबालिका २ सय २६ गरी कुल ७ सय ११ जनाको उपचार गरिएको हो ।
जिल्लाका पिछडिएका एवं सरकारी सेवा सुविधाको कम पहुँच भएको क्षेत्रमा सञ्चालित उक्त स्वास्थ्य शिविरमा बाल रोग, छाला तथा यौन रोग, प्रसूति तथा स्त्री रोग, डेन्टल, नाक, कान तथा घाँटी रोग, नशा तथा हाड जोर्नीलगायतका विशेषज्ञ डाक्टरबाट नि:शुल्क स्वास्थ्य चेकजाँच तथा औषधि वितरण गरिएको छ ।