Advertisement GIF
कल्पवृक्ष
असार ८ आइतबार, ६:४७ अपराह्न
शैक्षिक पार्कले फेर्न सक्छ तारकेश्वर नुवाकोटको मुहार

 

नुवाकोटको तारकेश्वर गाउँपालिका भन्ज्याङ्ग खर्कमा २०७९ चैत ०१ गते निर्माणको घोषणा गरिएको शैक्षिक पार्कले अहिले नुवाकोटमा धेरैको ध्यानाकर्षण गराएकोछ। गाउँपालिका अध्यक्ष शिव अधिकारी, ४ नम्बरका वडा अध्यक्ष हरी पौडेल र समग्र भन्ज्याङ्ग खर्कका बासिन्दाको सोचले बिस्तारै सार्थकता पाउँदैछ। निर्माण सुरु भएको दुई वर्ष पुग्नै लाग्दा यो पार्कमा अहिले मनोरञ्जनका लागि मौलिक जाँतेपिङ, रोटेपिङ, लिङ्गेपिङका साथै विभिन्न सन्देशमूलक बोर्डहरु ,विश्राम स्थल ,पिकनिक स्पट ,खेल मैदान ,पक्की सार्वजनिक सौचालयको निर्माण भैसकेको छ। पार्कलाई थप व्यवस्थित बनाउन अहिले तारबारको काम भैरहेको छ।

यसबीचमा पार्कभित्र तारकेश्वर गाउँपालिका भित्रका विद्यालयहरुले शैक्षिक भ्रमण, वनभोज र दृश्यावलोकनका कार्यहरु गराउन थालेका छन् । नुवाकोटका अन्य भेगका मानिसहरु पनि भ्रमण गर्न उक्त पार्कमा आइरहेका छन्। समुन्द्री सतहबाट करिव १ हजार ६सय मिटरको उचाइमा रहेको यो शैक्षिक पार्कबाट जिल्लाका अधिकांश भू–भाग धादिङ र मकवानपुरका केही स्थानको दृष्यावलोकन गर्न सकिन्छ ।

भौतिक पूर्वाधारको विकास, सहज सडक र दीर्घकालीन सोचका साथ विकास गर्ने हो भने यो शैक्षिक पार्क भोलिको दिनमा नुवाकोट भित्रको घुम्नै पर्ने स्थलको रुपमा विकास हुनेछ । जसले समग्र तारकेश्वर गाउपालीकाको नाम र स्थानीयलाई गाउँमै व्यवसायको ढोका खुल्नेमा स्थानीयहरु आशावादी देखिन्छन् ।