पशुपति क्षेत्र विकास कोषमा भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगले कोषका सदस्य– सचिव डा मिलनकुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आइतबार (आज) थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
उनीहरूले आपसी मिलेमतोमा १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ३१ पैसा हिनामिना गरेको आरोप लगाइएको छ । पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानी नोक्सानी पुर्या एर भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारको दावी छ ।