Advertisement GIF
कल्पवृक्ष
असार ८ आइतबार, ९:२२ अपराह्न
तामाकोशी नदीको पुल पनि भाँच्चियो

पाँचथरको फिदिम– ४ स्थित हेंवाखोलामा जडान भइरहेको बेलिब्रिज भाँच्चिएको धेरै भएको छैन । यता त्यसलाई बिर्साउनेगरी रामेछापको मन्थली नगरपालिका– ६, कुनौरी र वडा– ७ भटौली जोड्ने तामाकोशी नदीमा निर्माणाधीन मोटरेबल पुलको बीचभागको स्ल्याब आइतबार बिहान भाँच्चियो । यो पुलको निर्माणको काम अन्तिम चरणमा पुगेको थियो । यहीँ गत वैशाख २६ मा पनि एकातर्फको स्ल्याब भाँच्चिएको थियो ।

यो पुल २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा ठेक्का लागेको हो । यही वर्षको भदौभित्र निर्माण पूरा गर्नुपर्ने छ । २ सय ३० मिटर लामो उक्त पुलको चौडाइ ११ मिटर रहेको छ ।