Advertisement GIF
कल्पवृक्ष
असार ९ सोमबार, १०:३३ पूर्वाह्न
धनगढीमा युवती मृत भेटिइन्

धनगढी उपमहानगरपालिका– २, बैयाबेहडीमा सोमबार (आज) बिहान ३० वर्षीया रेणु चौधरी मृत भेटिएकी छन् । उनी कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ कि बासिन्दा हुन् ।

प्रहरीका अनुसार मृतक चौधरी बैयाबेहडीमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा उनी मृत भेटिएकोले उनीको हत्या भएको देखिन्छ । प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।